राष्ट्रियसभा निर्वाचनका लागि राजपा र समाजवादीले उम्मेदवार टुंगो लगाए | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि राजपा र समाजवादीले उम्मेदवार टुंगो लगाए


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् ।

राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश २ बाट अन्य समूहमा मृगेन्द्रकुमारसिंह यादव र अल्पसंख्यक/अपांगता समूहबाट शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बताए ।

यादव र सिंह दुबै जना पार्टीको वरिष्ठ उपाध्यक्ष हुन् । दुबै जना सप्तरी निवासी हुन् । यादव संयोजक महतो निकटका हुन् भने सिंह अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी निकटका नेता हुन् ।

राजपाबाट यसअघि राजपाको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका रमेश यादव र बृखेशचन्द्र लालको पदावधि सकिँदै छ । रमेश नेता महन्थ ठाकुर निकट र बृखेशचन्द्र नेता महेन्द्रराय यादव निकटका नेता हुन् ।

ठाकुर र यादव हाल सदस्य भएकालाई नै दोहोर्‍याउने पक्षमा थिए भने महतो, भण्डारीसहित राजकिशोर यादव र अनिल झा नयाँ अनुहार पठाउने पक्षमा उभिएका थिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाले प्रदेश २ तर्फको चार सिटमा दुई/दुई सिट लिने र एकअर्कालाई सहयोग गर्ने सहमति २ पुसमा नै गरिसकेका छन् ।

यसैगरी, समाजवादी पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले अहिले भएका सदस्यलाई नै दोहोर्‍याउने निर्णय गरेको छ । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले दलितबाट सदस्य भएका रामपृत पासवानलाई नै पुनः उम्मेदवार बनाउने निर्णय भएको बताए ।

अन्य समूहबाट हुने उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी समाजवादी पार्टीका बीचमा राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति शुक्रबार नै भएको छ ।

प्रदेश २ मा हुने ४ पदको निर्वाचनमा कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति कांग्रेस र समाजवादीबीच भएको छ । नेकपाले शुक्रबार र कांग्रेसले शनिबार उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ७ : ५५ बजे

धर्मसँग मानवीय भावनालाई जोडौँ : अध्यक्ष ढकाल

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदिक सनातन

प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

नयाँ दिल्ली- एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउदा

सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

बनेपा– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु

माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक

काठमाडौं– हलिउड पप संगीतका महानायक माइकल ज्याक्सनको जीवन र करियरमा

कीर्तिपुरका किसानलाई धान सुकाउने चटारो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारो परेको छ । जेठको अन्तिम