नराम्री देखिन्छु भनेर 'रिजेक्ट' गरेकी थिइन् ऐश्वर्याले ‘छपाक’ को स्किृप्ट? | Khabarhub Khabarhub

नराम्री देखिन्छु भनेर ‘रिजेक्ट’ गरेकी थिइन् ऐश्वर्याले ‘छपाक’ को स्किृप्ट?


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रिलिजअघि दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ कानूनी झमेलामा फसेको छ । एक फिल्ममेकरले दीपिका, मेघना गुलजारसहित ११ जनाविरुद्ध उजुरी हालेका छन् ।

फिल्म युनिटलाई स्किृप्ट चोरी गरेको आरोप लगाइएको छ । उजुरीकर्ता राकेश भारतीले फिल्मको प्रोमो हेरेरै ‘छपाक’ आफूले लेखेको स्किृप्टमा आधारित भएको थाहा पाएको बताउँदै आएका छन् ।

उजुरीमा राकेशले एसिड आक्रमण पीडितमाथि आफूले फिल्म बनाउन चाहेको खुलाएका छन् । उनले उक्त फिल्मको स्किृप्ट दर्ता पनि गराएका थिए ।

उनले फिल्मका लागि ऐश्वर्या राय बच्चन, कंगना रनावत, श्रद्धा कपूर, प्रियंका चोपडा र अनुष्का शर्मालाई प्रस्ताव गरेका थिए ।

मुम्बईमा पत्रकार सम्मेलन गर्दै राकेशले भनेका छन् – ‘प्रियंका चोपडा फिल्मको स्किृप्ट सुनेपछि यसलाई निर्माण गर्न चाहन्थिन्, तर उनी विदेशमा भएका कारण सम्भव थिएन, प्रियंकापछि मैले यो स्क्रिप्ट अनुष्का शर्मासँग लिएर गएँ, उनीसँग २ वर्षसम्म समय थिएन ।’

पछि आफू कंगना रनावतसँग पुगेको र उनलाई स्किृप्ट मन परेको राकेशले बताएका छन् । कंगनाले पनि यो फिल्ममा काम गरिनन् । फिल्मको नाम ‘ब्ल्याक डे’ राखिएको थियो ।

कंगनाले काम नगर्नुको कारण खुलाउँदै राकेशले सुनाए, ‘कंगनालाई कहानी त मन पर्‍यो तर उनकी बहिनी रंगोलीको जीवनमा पनि मिलेको कारण भावुक हुने डरले फिल्ममा काम गरिनन् ।’

अन्तिममा यो कथा ऐश्वर्या रायलाई पठाइयो । तर, ऐश्वर्याले पनि यो फिल्ममा काम गर्न मानिनन् । कारण थियो, उनी एसिड आक्रमणमा परेकी पीडितको भूमिकामा देखिएर पर्दामा नराम्री देखिन चाहँदैनथिन् ।

राकेशले सन् २०१६ मा फक्स स्टार स्टुडियोका अधिकारीलाई सुनाएको बताएका छन् । यो फिल्म एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कहानीमा आधारित छ । फक्स स्टार स्टुडियोको लगानी रहेको यो फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन् भने दीपिकालाई लक्ष्मीको भूमिकामा देख्न सकिनेछ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : ३७ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने

ताप्लेजुङको ढङ्ढङ्गे झरना ओझेलमा

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझै

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको