नेपाली बैंक ह्याक गरी १ करोड लुट्ने अर्का व्यक्ति पक्राउ « Khabarhub

नेपाली बैंक ह्याक गरी १ करोड लुट्ने अर्का व्यक्ति पक्राउ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न थप १ जना पक्राउ परेका छन् ।

नाइजेरियन तथा भारतीय नागरिकसँग मिलेर नेपालको कृषि विकाससहित विभिन्न बैंकहरु ह्याक गरेर १ करोड रुपैयाँ लुटेका दीपक नेपाल पक्राउ परेका जनाइएको छ ।

मोरङको रङ्गेली घर भएका दीपक विगत केही समयदेखि भारतमा बस्दै आएका थिए । उनले नेपालको कृषि बिकास बैंक ह्याक गरी १ करोड रुपैयाँजति लुटपाट गरेका जनाइएको छ ।

लामो समयदेखि खोजी सूचीमा रहेका दीपकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाका अनुसार दीपकसहितका व्यक्तिको समूहले नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएका थिए ।

महाशाखाको टोलीले दीपकसहितको समूहका सदस्यहरुलाई यसअघि नै पक्राउ गरिसकेका छ ।

प्रहरीले गत असोज पहिलो हप्तामा कृषि विकास बैंक ह्याकिङ गर्ने १२ जनालाई पक्राउ गरेको थियो ।

यस्तै, गत मंसिर २५ गते पनि प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाका अनुसार असोज पहिलो साता र मंसिरमा पक्राउ परेका व्यक्ति नाइजेरियन नागरिक ‘पिटर काले’ भनिने पिटर हर्मेन असेंगाका सहयोगी हुन् ।

यस्तै, केही दिन अगाडि पक्राउ परेका दीपक पनि ‘पिटर काले’ समूहका मुख्य सदस्य हुन् । उनले ‘पिटर काले’को निर्देशनानुसार नेपालमा एजेन्टहरुलाई परिचालन गर्ने गर्दथे ।

एसएसपी थापाका अनुसार गत असोज ५ गते कृषि विकास बैंक ह्याक हुँदा दीपकको खातामा १ करोड रुपैयाँ जम्मा भएको देखिएको थियो । पछि अनुसन्धान गर्ने क्रममा उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी उक्त रकम आफ्नो खातामा जम्मा गर्न सफल भएका थिए ।

‘अहिले पक्राउ परेको दीपक पनि पिटरकै समूहको सदस्य हो । असोजमा कृषि विकास बैंक ह्याक कृषि विकास बैंकमै रहेको उसको खातामा १ करोड रुपैयाँ गएको थियो । उसले पैसा भने निकाल्न सकेको थिएन । पैसा निकाल्न नपाउँदै हामीले अनुसन्धान गरेर उसको खाता रोक्का गरिएको थियो,’ महाशाखा प्रमुख थापाले खबरहबसँग भने ।


नेपाली बैंकबाट ५ अर्ब लुट्ने ह्याकर ‘काले’को योजना– आमादेखि मामासम्म संलग्न


बैंक ह्याकिङसँगै नाइजेरियन ‘काले’को ठगी धन्दा– फेसबूकमा आउँथ्यो ‘करोडौं जितेको’ म्यासेज

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : १४ बजे

पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन गर्दा ५० तोला सुन प्राप्त

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा

गैरकानूनी कार्य गर्ने तीन सय बढी पक्राउ

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुत बनाउन पछिल्लो

कनकाईबाट ५६३ ग्राम खैरो हेरोइनसहित दुई पक्राउ

भद्रपुर (झापा)- झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागूऔषध खैरो हेरोइनसहित

हर्मुज खुला गरिएको इरानी विदेशमन्त्रीको घोषणा

काठमाडौं- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको समयमा

श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौं- श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति