वैदेशिक रोजगारीका लागि कुवेत पुगेका मध्ये एक वर्षमा ४२ जना नेपालीको मृत्यु « Khabarhub

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका मध्ये एक वर्षमा ४२ जना नेपालीको मृत्यु


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४२ जना नेपाली श्रमिकको एक वर्षमा मृत्यु भएको छ ।

रोजगारीका लागि सन् २०१९ मा कुवेतमा ४२ जना नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार त्यसमा हृदयघात भई मृत्यु हुने कामदारहरुको संख्या १५ रहेको छ । मृत्यु हुने ४२ जनामा ३१ जना पुरुष र ११ जना महिला कामदार रहेका छन् ।

मृतकमध्ये सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ५, कार्यस्थलको दुर्घटना तथा आगलागीमा परि ४ जना, झैझगडा र सांघातिक आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्युको कारण नखुलेका कामदारको संख्या ७ रहेको दूतावासले जनाएको छ । मृतकमध्ये ३ जनाले आत्महत्या गरेका हुन् ।

कुवेतमा विभिन्न उद्योग र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन् । झन्डै ७० हजार नेपाली कामदार रहेको कुवेतमा २५ हजार भन्दा बढी नेपाली महिला कामदार रहेको अनुमान छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : २७ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न