अमेरिकी सेनाको शिविर नजिकै थियो तालिबान नेता ओमरको बास ! « Khabarhub

अमेरिकी सेनाको शिविर नजिकै थियो तालिबान नेता ओमरको बास !


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकू समूह तालिबानका पूर्व प्रमुख मुल्लाह ओमर अफगानिस्तानमा अवस्थित अमेरिकी सैनिक शिविरनजिकै बसेको खुलासा भएको छ ।

नेदरल्याण्ड्सकी पत्रकार बेटे डामले लेखेको ओमरको जीवनीमा आधारित पुस्तकमा ओमर अफगानिस्तानको जाबुल प्रान्तमा रहेको अमेरिकी सैनिक शिविरबाट केबल तीन माइल टाढा बसेको उल्लेख छ ।

डामले लेखेको ‘ओप जोएक नार दे विजान्द’ नामक पुस्तकमा यसअघि बताइएजस्तो ओमर पाकिस्तानमा कहिल्यै लुकेर नबसेको समेत उल्लेख छ ।

डामले पुस्तक लेखनका लागि आफूले अफगानिस्तानमा ५ वर्षसम्म तालिबानका लडाकु तथा नेताहरुको अन्तरवार्ता लिएको बताउँछिन् ।

उक्त पुस्तक डच भाषामा एक महिना अघि प्रकाशित भएपनि अङ्ग्रेजी भाषामा हालैमात्र अनुवाद भएको थियो ।

डामका अनुसार अमेरिकी सेनाले एकपटक ओमर बसेको भवनमा छापा मारे पनि उनलाई पक्राउ गर्न नसकेको रोयटर्सले लेखेको छ ।

मुल्लाह ओमरको नेतृत्वमा तालिबानले सन् १९९६ देखि सन् २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणमा संलग्न अल कायदाका आतंकवादी नेता ओसामा बिन लादेनलाई शरण दिएको भन्दै अमेरिकाले अफगानिस्तानमा सैनिक आक्रमण गरेपछि तालिबानको शासन पतन भएको थियो ।

सन् २०१५ मा तालिबानले विज्ञप्ति जारी गर्दै ओमरको दुई वर्षअघि नै मृत्यु भएको स्वीकार गरेको थियो । ओमरका जेठा छोरा मोहम्मद याकुबले आफ्ना बाबुको ‘हेपाटाइटिस– सी’ रोगबाट अफगानिस्तानमा नै मृत्यु भएको पुष्टि गरेका थिए ।

यता अफगान सरकारले भने ओमर पाकिस्तानमै लुकेर बसेको र उनी त्यहिँ मारिएको जनाएको छ । अफगान राष्ट्रपति अशरफ घानीका प्रवक्ता हारुन चखानसुरीले ट्विट गर्दै ओमर पाकिस्तानमा नै लुकेर बसोबास गरेको र उनी त्यहीँ मारिएको आफगान सरकारसँग प्रमाण रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ४ : ४३ बजे

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त

काठमाडौं– सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

काठमाडौं– संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी

सिंहदरबारमा संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीशको टुङ्गो लगाउँदै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह संवैधानिक परिषदको बैठक सुरू

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

कर्णाली– भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा