सफलता चुम्न अपनाउनुस् यी ७ टिप्स « Khabarhub

सफलता चुम्न अपनाउनुस् यी ७ टिप्स


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जीवनमा सफलता हात पार्नु छ भने सबैभन्दा पहिलो निरन्तरता दिनु महत्वपूर्ण कुरा हो ।  कुनै न कुनै समय जो कसैलाई पनि समस्याहरुको सामना गर्नु पर्ने हुन्छ। केही व्यक्तिहरु त यस्ता समस्यामा अल्झिएर जीवनका महत्वपूर्ण पलहरुलाई पनि बिर्सन्छन्।

तर, केही व्यक्तिहरु हुन्छन् जो जस्तोसुकै दुःखमा वा समस्यामा पनि आत्तिँदैनन् र समस्यालाई सामना गरेर अगाडि बढ्न चाहन्छन्। उनीहरु दुःखसँग लड्दालड्दै हार्छन् तर हार मान्दैनन् र त सफल भएर निस्कन्छन्।

सफलता कहिल्यै सहज हुँदैन। जीवनमा सबै मुस्किलहरुलाई हराएर विजय प्राप्त गर्न चाहनुहुन्छ भने यी सात टिप्स अपनाउनुस् तपाईंका लागि फलदायी हुन सक्छन्ः

  • मानिसहरु तपाईंबारे के सोच्छन् भन्नेबारे सोच्न छोड्नुहोस्। यो तपाईंको काम होइन। तपाईं आफ्नो काम गर्नुहोस्, तपाईंबारे सोच्ने उनीहरुको काम हो भने उनीहरुलाई उनीहरुकै काम गर्न दिनुहोस्।
  • आफ्नो जीवनको तुलना दोस्रो व्यक्तिसँग कहिल्यै नगर्नुहोस्। कसैको बारे पनि पूरै सत्य कुरा थाहा नभएसम्म कुनै विचार नबनाउनुहोस्। तपाईंलाई थाहा पनि नहुन सक्छ कि उनीहरुले जीवनमा के के समस्या पार गरेर आएका हुनसक्छन्।
  • जीवन, सफलता तथा करिअरसँग जोडिएका सबै प्रश्नहरुको जवाफ थाहा नै हुनपर्छ भन्ने छैन। यस्ता प्रश्नहरुको जवाफ त्यति बेला मिल्छ जब तपाईं आफ्नो यात्रामा निरन्तर अगाडि चलिरहनु भएको छ र तपाईंलाई थाहा पनि छैन कि कहिले के हुने छ।
  • मुस्कुराउनु जीवनको सबैभन्दा ठूलो धरोहर हो। विश्वका सबै समस्या आफूसँग छैन भन्ने सोच्नुहोस् र मुस्कुराउनुहोस्।
  • आफ्नो खुसीका लागि तपाईं आफैं जिम्मेवार हुनुहुन्छ। त्यसलाई कसरी आफूसँग राखिरहने भन्ने कुरा तपाईंमा नै निर्भर हुन्छ। कसैले पनि तपाईंका खुसी साट्न र उत्सव मनाउन तपाईंसम्म आउने कष्ट गर्दैन।
  • एउटा भनाइ छ, समय नै सबै कुराको मल्हम हो। जीवनमा आएका जस्तासुकै समस्या पनि केही समयमा समाधान हुन्छन्। हामीले त केवल समय दिनु मात्र पर्छ।
  • बितेका गल्तीहरुबाट पाठ सिक्नु जरुरी छ, तर त्यसैमा डुबेर एकोहोरो हुनु ठिक हुँदैन। आजलाई समस्यामा पार्ने त्यो बितेको घटना सम्झेर नबस्नुहोस्, यही नै तपाईंको सफलताको लागि सबैभन्दा ठूलो बाटो हो।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ९ : १६ बजे

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको

पाँच वर्षदेखि प्रयोगविहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका