सवारी चालकहरुले पालन गर्नु पर्ने १९ नियम, पालना नगरे कारवाही « Khabarhub

सवारी चालकहरुले पालन गर्नु पर्ने १९ नियम, पालना नगरे कारवाही


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक सवारी साधन चलाउँदा अरुलाई बाधा पुग्ने गरी ठूला आवाजमा म्युजिक घन्काइराख्नु भएको छ ? तपाइले गुडाइराख्नुभएको सवारीसाधन फोहोर त छैन नि ?

यस्ता समास्याको समाधानको लागि महानगरीय ट्रापिक प्रहरी महाशाखाले अनुगमन गरिरहेको छ ।

सार्वजनिक सवारी साधनमा हुने समस्या तथा गुनासोलाई मध्यनजर गर्दै महाशाखाले निरन्तर अनुगमनका लागि १९ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।

यस विषयमा सोमवार महाशाखाका प्रहरी अधिकृत, नेपाल यातायात राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धीत विभिन्न कम्पनीका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

छलफलले १९ बुँदे निर्णय सार्वजनिक गरेको र यसलाई ७ दिनभित्र कार्यान्वयन गर्ने महाशाखाले जनाएको छ ।

१९ बुँदे कार्यान्वय भए–नभएको अनुगमन गर्नका लागि महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारको संयोजकत्वमा यातयात व्यवसायी, मजदुर, कम्पनीका प्रतिनिधिहरु समेत गरी ८ सदस्यीय अनुगम समिति गठन गरेको छ ।

महाखाशाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले गत बिहीवार भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन समेत गरेका थिए । अनुगमनका क्रममा देखिएका समस्यालाई समाधान गर्नका लागि यस्तो व्यवस्था ल्याइएको उनले बताए ।

यस्ता छन् प्रतिवद्धताहरु :

१. तोकिएको भाडादर मात्रा लिने ।
२. ढोका खुला गरी नचलाउने ।
३. झ्यालको अवस्था ठिक राख्ने ।
४. सिटको अवस्था ठिक राख्ने ।
५. आरक्षण सिटको पालना गर्ने ।
६. गाडीको रंगरोगन दुरुस्त राख्ने ।
७. क्षमताभन्दा बढी यात्रु नबोक्ने ।
८. चालक र सहचालकले यात्रुलाई राम्रो व्यवहार गर्ने ।
९. तीव्र गतिमा सवारी नचलाउने ।
१०. चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने ।
११. चालकले मोवाइल फोन प्रयोग नगर्ने ।
१२. नियमित सवारीसाधनको सरसफाइ गर्ने ।
१३. अरुलाई बाधा पुग्ने गरी ठूला आवाजमा म्युजिक नबजाउने ।
१४. सवारी साधनमा स्टिकर तथा झल्लर नलगाउने ।
१५. सवारी साधनको अवस्था ठीक राखी चलाउने ।
१६. सवारी चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने ।
१७. तोकिएको स्थानमा मात्र यात्रु झार्ने र चढाउने गर्ने ।
१८. प्रयोजनको विपरीत सवारी प्रयोग नगर्ने ।
१९. चालक–सहचालक भद्र तथा सोभनिय हुनुपर्ने ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  २ : ५२ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक