निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी « Khabarhub

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै आगामी आइतबारदेखि विशेष ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।

अस्पतालका अनुसार प्रत्येक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विशेष ओपीडी सञ्चालन हुनेछ। सेवामार्फत कर्मचारी तथा परिवारका सदस्यलाई सहज र व्यवस्थित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

विशेष ओपीडीमा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक, कान तथा घाँटी (इएनटी), रेडियोलोजी र प्याथोलोजीलगायत सेवा उपलब्ध हुनेछन्।

अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा विशेष ओपीडीअन्तर्गत थप विशिष्टीकृत स्वास्थ्य सेवासमेत विस्तार गरिनेछ।

उनका अनुसार निजामती कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालमा उपचारका लागि लामो समय लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेष ओपीडी सञ्चालन गर्न लागिएको हो।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १२ : ०८ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला