सामाजिक सुरक्षा कोषमा आवद्ध हुने श्रमिकको संख्या बढ्दै « Khabarhub

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने श्रमिकको संख्या बढ्दै


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिक तथा कर्मचारीको सङ्ख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा १ लाख ३५ हजार ६ सय ८३ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै ११ हजार ९ सय ७८ रोजगारदाता पनि कोषमा आबद्ध भएका छन् ।

सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट ९७ हजार ७ सय ३४ श्रमिक तथा कर्मचारी योजनामा सहभागी भएका छन् । प्रदेश नम्बर १ बाट २१ हजार ३ सय २१, प्रदेश नम्बर २ बाट ७ हजार ७ सय ९, गण्डकी प्रदेशबाट ५ हजार ५३, प्रदेश नम्बर ५ बाट ३ हजार २ सय ३६, सुदूरपश्चिम प्रदेशबाट ४ सय ६१ र कर्णाली प्रदेशबाट १ सय ६९ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ ।

रोजगारदाताको आबद्धता प्रदेश नम्बर ३ बाट बढी देखिएको छ । सो प्रदेशबाट ७ हजार ९ सय ९६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । प्रदेश नम्बर १ बाट १ हजार ८ सय ६०, प्रदेश नम्बर ५ बाट ८ सय ५६, गण्डकी प्रदेशबाट ५ सय ४८, प्रदेश नम्बर २ बाट ४ सय ७१, सुदूरपश्चिम प्रदेशबाट १ सय २७ र कर्णाली प्रदेशबाट १ सय २० रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

कोषमा ३८ करोड ५३ लाख ७० हजार २ सय ५८ रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । कोषमा योगदान गर्ने तीन योगदानकर्ताका परिवारले आर्थिक सहायता प्राप्त गरेका छन् ।

गत मङ्सिर ११ गते शुभारम्भ गरिएको योगादनमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा रोजगारदाताको सहभागिता उत्साहजनक देखिएको छैन । केन्द्रीय तथ्याङ्क विभागको अध्ययन अनुसार नेपालभर करिब ९ लाखको हाराहारीमा प्रतिष्ठान दर्ता भएका छन् । ती प्रतिष्ठानमा करिब २४ लाख बढी श्रमिक आबद्ध रहेको बताइन्छ ।

कोषले चार प्रकारको सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाबाट योगदानकर्ताले सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ३ : ३१ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल