उमेर नपुगी विवाह गराउने पुरोहित तथा अभिभावकलाई कैद र जरिवाना « Khabarhub

उमेर नपुगी विवाह गराउने पुरोहित तथा अभिभावकलाई कैद र जरिवाना


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान-सिरहा जिल्लामा रहेका पुरोहित (पण्डित)  तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् ।

जिल्लामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीद्वारा आइतबार सिरहा नगरपालिका–१२ सारस्वरमा आयोजित अन्तरक्रियामा जिल्लाभरीका पण्डित तथा मौलानाहरूले विवाह गराउनु अघि केटा र केटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका हुन् ।

विवाह गराई दिनुअघि जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पुरोहित तथा मौलानाहरुले प्रतिबद्धता जनाएकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

वरबधुको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने अन्तरक्रियाबाट निर्णय भएको जानकारी दिनुहुँदै प्रहरी उपरीक्षक चतुर्वेदीले त्यो निर्णय विपरीत बालविवाह गराइए कारवाही हुने बताए ।

पछिल्लो समय जिल्लामा बालविवाह व्यापकरुपमा भइरहेको जनगुनासो आएपछि प्रहरीले हिन्दू धर्मावलम्बीहरुको पण्डित तथा मुस्लिम समुदायका मौलानाहरूसँग अन्तरक्रिया गरेको हो ।

उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेद्का घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहित तथा मौलानाहरुलाई प्रशिक्षण दिएको प्रहरी उपरीक्षक चतुर्वेदीको भनाइ छ ।

बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गरेका छन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित तथा मौलाना बोलाएर विधिपूर्वक सिन्दूर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई निरुत्साहित गर्न अभियान चलाइएको प्रहरी उपरीक्षक चतुर्वेदीको कथन छ ।

उमेर नपुगेकाको विवाह गराउने पुरोहित तथा मौलाना र अभिभावकलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवानाको कानुनी व्यवस्था छ ।

सिरहा नगरपालिका–१२ का वडाध्यक्ष शत्रुधन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका पुरोहित तथा मौलानाहरुसँग बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखापर्न सक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ९ : ४३ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक