१० हजार घुससहित सहायक वनअधिकृत पक्राउ « Khabarhub

१० हजार घुससहित सहायक वनअधिकृत पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित एकजना सहायक वनअधिकृतलाई पक्राउ गरेको छ ।

काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत आनन्द प्रसाद साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सोमबार नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको पाण्डेले बताए । यसैबीच अख्तियारको टोलीले घुस लिएको अभियोगमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेतलाई पनि पक्राउ गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ६ : ४४ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, वरिष्ठ नेता बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक