सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ « Khabarhub

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ ।

मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका–८ बहुवाडाँडा निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका–२ निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका घर भएकी १९ वर्षीया ती युवती घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल स्वीचअफ भएकाले मोबाइल चार्ज गर्न गोलबजार–६ स्थित मनकामना हेयर कटिङ सैलुनमा पुगेकी थिइन् ।

उक्त सैलुनमा पहिलादेखि नै बसिरहेका यादव र महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर जबरजस्ती करणी गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

मोबाइल चार्ज गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोबाइल नदिएपछि मोबाइल लिन महतोको डेराभित्र पसेकी युवतीलाई ढोकाको चुक्कुल लगाएर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीको उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए ।  पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले अन्य स्थानीयको पनि संलग्नता हुनसक्ने आशङ्का गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : १८ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी