रोनाल्डोको ह्याट्रिकले युभेन्टसको पराकिलो जित « Khabarhub

रोनाल्डोको ह्याट्रिकले युभेन्टसको पराकिलो जित


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले फराकिलो जित निकालेको छ।

सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। यस्तै एक गोल गोन्जालो हिगुईनले थपे।

खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ६७ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

खेलको ८१ औं मिनेटमा हिगुईनले गोल गर्दै घरेलु टोलीको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै युभेन्ट्सलाई फराकिलो जित दिलाए । योसँगै रोनाल्डोले वर्षको पहिलो ह्याट्रिक पुरा गरेका छन् ।

रोनाल्डोको यो करियरको ५६ औं ह्याट्रिक समेत हो । यस्तै रोनाल्डो युरोपको शीर्ष तीन लिग प्रिमियर लिग, ला लिगा र इटालियन सिरी ए मा ह्याट्रिक गर्ने दोस्रो खेलाडी समेत बनेका छन् ।

जितसँगै युभेन्ट्सले लिगमा शीर्ष स्थानको अग्रता ३ अंकको बनाएको छ। लिग लिडर युभेन्ट्सले १८ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानको इन्टरले ४२ अंक छ । पराजित काग्लियारी २९ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : २७ बजे

ऊर्जा संकटबीच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड

एजेन्सी– जापान सरकारले बढ्दो ऊर्जा मूल्य र मध्यपूर्वमा जारी तनावका

साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साङ्गठनिक शुद्धीकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा

मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दै छन् वर्षहरू

दार्चुला– मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका

तीन तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ : सञ्चारमन्त्री

काठमाडौं– तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई

अनधिकृत रुपमा यार्सागुम्बा संकलनको अभियोगमा चार जना पक्राउ

तेह्रथुम– अनधिकृत रुपमा यार्सागुम्बा संकलन गरेको अभियोगमा चार जना पक्राउ