विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा हुने « Khabarhub

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा हुने


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीले पोखरामा बन्द प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार मुलपानीमा बसेको बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगामी शुक्रबारदेखि पोखरामा शुरु गर्ने निर्णय गरेको छ ।

ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा माघ २२ देखि २९ गतेसम्म हुनेछ ।

सोमबार बसेको क्यानको बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा गर्ने, अभ्यासका क्रममा मलेसिया ११ टोलीसँग मैत्रिपूर्ण क्रिकेट खेल्ने लगायतका निर्णय गरेको क्यानका प्रवक्ता असोकनाथ प्याकुरेलले बताएका छन् ।

त्यस्तै क्यान बैठकले प्रदेश र जिल्लालाई पनि केही आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश क्यानलाई ३–३ लाख र सदस्य जिल्लाहरुलाई १–१ लाख रुपैयाँ दिने निर्णय गरेको सचिव प्रवक्ता प्याकुरेलले बताए ।

क्यान बैठकले दैनिक काम कारबाही गर्न कार्यसम्पादन समितिसमेत गठन गरिएको छ । जसमा अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष राजबाबु श्रेष्ठ, सचिव असोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह र एकजना सदस्य अमितबीर पाण्डे रहेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : २४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ