पर्यटनमन्त्री भट्टराईको स्पष्टीकरण– अस्ट्रेलियाको र्‍यालीमा कसैले रोक लगाएको हैन | Khabarhub Khabarhub

पर्यटनमन्त्री भट्टराईको स्पष्टीकरण– अस्ट्रेलियाको र्‍यालीमा कसैले रोक लगाएको हैन


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको प्रचारका लागि अस्ट्रेलियाको सिड्नीमा आयोजित र्‍यालीमा त्यहाँको प्रशानद्वारा कुनै हस्तक्षेप नभएको बताएका छन् ।

अस्ट्रेलियास्थित नेपाली दूतावासाको अयोजना तथा गैरआवासीय संघ (एनआरएन) लगायत संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि मौन जुलुस (र्‍याली) निकालिएकोमा नेपाली सञ्चारमाध्यमले त्यसप्रति नकरात्मक समाचार सम्प्रेषण गरेको पनि मन्त्री भट्टराईले आरोप लगाएका छन् ।

यसअघि स्थानीय प्रशासनसँग अनुमति नै नलिइ र्‍याली आयोजना गरिएपछि सिड्नी प्रहरीले रोक लगाएको खबर सार्वजनिक भएको थियो ।

पछि, त्यहाँस्थित नेपाली दूतावासका अधिकारीले स्थानीय प्रशासन र न्यू साउथ वेल्स स्टेटका गर्भनरसँग समन्वय गरेर र्‍यालीसहितको कार्यक्रमलाई अगाडि बढाइएको जनाइएको छ ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय रुपमा नेपाल भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ भएको पनि बताएका छन् ।

मन्त्री भट्टराईका अनुसार नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका सभामुखसहित अस्ट्रेलियाका सत्तापक्ष र प्रतिपक्षी दलका नेताको सहभागिता थियो ।


बिना अनुमति र्‍याली निकालेको भन्दै अस्ट्रेलिया प्रहरीद्वारा रोकिए पर्यटनमन्त्री भट्टराई

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १ : १४ बजे

एक लाख पर्यटकबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

बागलुङ– बागलुङ नगरपालिका– ४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण

प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित

काठमाडौं– नेकपा प्रेस चौतारीले कारबाही गरेका दुईजना सदस्य सञ्चारिका समूहको

क्यानडा निर्वाचनः अर्थशास्त्री कार्नीको व्यक्तित्व फ्याक्टर

मार्क कार्नी बेलायत तथा क्यानडाको केन्द्रीय बैङ्कका पूर्व गभर्नर हुन्।

शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी रहने

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी