अर्थले छुट नदिएपछि काठमाडौंका ब्रुमर वीरगन्जमा « Khabarhub

अर्थले छुट नदिएपछि काठमाडौंका ब्रुमर वीरगन्जमा


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–महानगरले किनेका ५ ब्रुमर वीरगन्ज भन्सार आइपुगेका छन् । इटालीबाट झिकाइएका ब्रुमर गत साता नै आएपनि काठमाडौं ल्याउन सकिएको छैन् । १३ करोडको लागतमा ल्याइएका ब्रुमरको भन्सार छुटका लागि महानगरले ताकेता गरेपनि अर्थमन्त्रालयले छुट नदिने परिपत्र गरेपछि ब्रुमर ल्याउने प्रक्रिया लम्बिएको कान्तिपुर दैनिकमा खबर छ ।

त्यस्तै प्रदेश लोकसभा विधेयकमा जुनसुकै प्रदेशमा जागिर खान पाइने व्यवस्था भएको छ । प्रदेश सरकारको मातहत सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

खस भाषालाई पुनर्जीवन शीर्षकको समाचारमा खस भाषा जोगाउन लेखन निर्देशिका बनेको, शब्दकोश तयार भएको र २५ विद्यालयमा पाठ्यक्रममै राखिएको उल्लेख छ ।

त्यस्तै विनाप्रतिस्पर्धा आयोजना दिने व्यवस्था हटाइएको, लगानी बोर्डको अधिकार घटाउन संशोधन गरिएको, एयरबसको इन्जिन ठेक्का रोकिएको लगायतका खबर प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : ३१ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको