पाँच खेलसकिँदासम्म हिमालयन शेर्पा र फ्रेन्ड्स जीतविहीन « Khabarhub

पाँच खेलसकिँदासम्म हिमालयन शेर्पा र फ्रेन्ड्स जीतविहीन


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै खेल टुङ्ग्याएका छन् ।

मंगलबार भएको खेलमा शेर्पा र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् ।

त्रिपुेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले पटक–पटक पाएका गोलको अवसर सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य बनेका हुन् ।

आफ्नो पाँच खेल खेलेका यी दुई टोलीले अहिलेसम्म एक खेलमा पनि जीत हात पार्न सकेका छैनन् ।

लिगमा पाँच खेल सकिँदा हिमालयन शेर्पाले ३ खेल बराबरी खेलेको छ भने २ खेलमा हार व्येहोर्दै ३ अंक जोडेको छ । यता  फ्रेन्ड्सले दुई खेल बराबरी र तीन खेलमा हारसहित २ अंक जोडेको छ ।

शेर्पा लिगको १२ औं स्थानमा छ भने फ्रेन्ड्स १३ औं स्थानमा छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ५ : ३१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका