शिक्षकले नै शिशु कक्षाका विद्यार्थीलाई जुत्ता चाट्न लगाएपछि… « Khabarhub

शिक्षकले नै शिशु कक्षाका विद्यार्थीलाई जुत्ता चाट्न लगाएपछि…


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएका छन्। अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएको नयाँ पत्रिकामा खबर छ।

आइतबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो। ‘जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट्नु भनेर सरले भन्नुभएछ, बिस्कुटको आसमा मेरो छोरोले चाटेछ,’ रिकेशकी आमा पम्फा नेपालीले टेलिफोनमा नयाँ पत्रिकासँग भनिन्, ‘छोराले घरमा आएर भनेपछि थाहा पाइयो । हाम्रा नानीहरूले विद्यालय पढ्न जाँदा पनि जुत्ता चाट्नुपर्ने ? दलित भनेर हेपियो, न्याय खोज्न कहाँ जानु ? सभ्य र शिक्षित बनाउन छोराछोरी विद्यालय पठाएको यस्ता घृणित कार्य त घरमै बसेका भए पनि गर्दैनथे होलान्।’

शिक्षक सुजन सुनुवारले भने जुत्ता चाट्न नलगाएको दाबी गरेका छन्। उनले खुट्टा ढोग्न लगाएको भने स्वीकार गरेका छन्। टेलिफोनमा उनले जुत्ता चाट्न लगाएको आरोप सही नभएको बताउँदै खुट्टा ढोग्न लगाउनु पनि आफ्नो गल्ती भएको स्वीकार गरेका छन्।

पम्फाले भने विद्यालय गएर आफूले कुरा उठाएपछि शिक्षक सुनुवारले गल्ती स्विकार्दै माफी मागेर बाहिर नभन्न अनुरोध गरेको बताइन्। ‘सुजन सरले मेरो गल्ती भयो, माफ गर्नुहोला भन्दै यो कुरा अरूलाई नभन्नु भन्नुभएको छ,’ उनले भनिन्, ‘छोराछोरीले पढ्न जाँदा जुत्ता चाट्नुपरेको कुरा म कसरी अरूलाई नभनूँ ?’

पीडित विद्यार्थीका अभिभावकले शिक्षक सुजनलाई कारबाहीको माग गर्दै सोमबार विद्यालय र वडा कार्यालयमा उजुरीसमेत दिएका छन्। गाउँको कुरा गाउँमै मिलाउन भन्दै दबाब आए पनि आफूले उजुरी दिएको पम्फाले बताइन्।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : ५८ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण