बलात्कारपछि हत्या हुनेमा दलित समूदायका बढी « Khabarhub

बलात्कारपछि हत्या हुनेमा दलित समूदायका बढी


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७ सय २९ घटनामध्ये १ सय ५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको छ ।

सङ्घले १०९औँ अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) को सन्दर्भमा आयोजना गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार २१ प्रतिशत दलित युवती तथा बालिका बलात्कृत भएका छन् । कूल जनसङ्ख्याको १३ प्रतिशत जनसङ्ख्या दलित समुदायको छ, जसमा आधा सङ्ख्या महिलाको छ । अन्य जातजातिको करीब जनसङ्ख्याको अनुपात बराबर बलात्कारका घटना भएका छन् भने दलितको हकमा भने जनसङ्ख्याको दोब्बर प्रतिशत रहेको देखिन्छ ।

प्रतिनिधिसभाकी सांसद अञ्जना विशङ्खेले दलित समुदायका युवतीलाई जे गरे पनि हुन्छ भन्ने मानसिकताले पनि दलित युवतीमाथि बलात्कारका घटना बढेको जिकिर गर्नुभयो । नेपाल प्रहरी महिला तथा बालबालिका सेलका अनुसार महिलामाथि घरेलु हिंसा बढिरहेको र सन् २०१८ को सर्वेक्षणअनुसार ३७ प्रतिशतले घटना बढेको छ ।

अधिवक्ता मीरा ढुङ्गानाले महिलामाथि हुने हिंसाका घटनाको न्यूनीकरणका लागि ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । दलित महिला सङ्घकी पूर्वअध्यक्ष दुर्गा सोवले न्यायमा विभेद छ भन्दै दलित तथा कमजोर वर्गले सहजै न्याय पाउने अवस्था नरहेको बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ८ : १२ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा