उच्च सुरक्षा अधिकारीसँग अमेरिकी राष्ट्रपति ट्रम्पको बैठक, आज राष्ट्रका नाममा सम्बोधन नहुने « Khabarhub

उच्च सुरक्षा अधिकारीसँग अमेरिकी राष्ट्रपति ट्रम्पको बैठक, आज राष्ट्रका नाममा सम्बोधन नहुने

अमेरिकाले आक्रमण गरे प्रतिरक्षा गर्ने इरानको चेनावनी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराक स्थित आफ्ना २ सैन्य अड्डामा इरानले मिसाईल आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अमेरिकी उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका छन् ।

ह्वाइट हाउसमा भएको आपतकालिन बैठकमा अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ, रक्षामन्त्री मार्क स्पर्स तथा अमेरिकी उपराष्ट्रपति माइक पेन्स सहभागि थिए ।

बैठक पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने भनिएको थियो तर अब नगर्ने भएका छन् । साथै, ह्वाईट हाउसले थप कुनै पनि औपचारिक धारणा सार्वजनिक नगर्ने समाचार माध्यमले जनाएका छन् ।

अमेरिकाका रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहामले इरानको मिसाईल आक्रमणलाई अमेरिका विरुद्धको युद्धको हर्कत भएको बताएका छन् । उनले अमेरिकी राष्ट्रपतिलाई युद्धको अवस्थामा यथोचित कदम चाल्न कानूनले प्रशस्त अधिकार दिएको पनि बताएका छन् ।

इरानका विदेशमन्त्री जादव जाविदले आफ्नो मुलुक विरुद्ध आक्रमण गर्न प्रयोग गरिएका अमेरिकी सैन्य निशानामा समानान्तर आक्रमाण गरी इरानले आत्मरक्षा गरेको बताएका छन् । जाविदले अमेरिकी सैन्य अड्डामा आफ्नो सेनाले संयुक्त राष्ट्रसंघको आत्मरक्षा सम्बन्धि कानून अनुसार आक्रमण गरेको दाबी गरेका छन् । साथै उनले युद्धलाई थप नभड्काउने तर अमेरिकाका तर्फबाट भड्किए आत्मरक्षा गर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै इरानले दुईवटा अमेरिकी निशानामा आक्रमण गरेको र क्षतिको विवरण संकलन जारी रहेकाले अमेरिकाको स्थानीय समय बुधबार बिहानमात्र औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । उनले अमेरिकासँग शक्तिशाली स्रोतसाधनयुक्त सेना रहेको समेत स्मरण गराएका छन् ।

उच्च सुरक्षा अधिकारीसँगको बैठकपछि ट्रम्पले गरेको ट्वीट यस्तो छ :

यो पनि पढ्नुहोस्

मध्यपूर्वमा ठूलो युद्ध भड्किने खतरा !

आफ्नो सैन्य कमाण्डर मारेको बदलामा इरानद्वारा २ अमेरिकी सैनिक अड्डामा क्षेप्यास्त्र आक्रमण

इरान–अमेरिका संभाव्य युद्धले नेपाललाई पार्ने असरको लेखाजोखा

 

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : ५८ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक