उच्च सुरक्षा अधिकारीसँग अमेरिकी राष्ट्रपति ट्रम्पको बैठक, आज राष्ट्रका नाममा सम्बोधन नहुने | Khabarhub Khabarhub

उच्च सुरक्षा अधिकारीसँग अमेरिकी राष्ट्रपति ट्रम्पको बैठक, आज राष्ट्रका नाममा सम्बोधन नहुने

अमेरिकाले आक्रमण गरे प्रतिरक्षा गर्ने इरानको चेनावनी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराक स्थित आफ्ना २ सैन्य अड्डामा इरानले मिसाईल आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अमेरिकी उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका छन् ।

ह्वाइट हाउसमा भएको आपतकालिन बैठकमा अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ, रक्षामन्त्री मार्क स्पर्स तथा अमेरिकी उपराष्ट्रपति माइक पेन्स सहभागि थिए ।

बैठक पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने भनिएको थियो तर अब नगर्ने भएका छन् । साथै, ह्वाईट हाउसले थप कुनै पनि औपचारिक धारणा सार्वजनिक नगर्ने समाचार माध्यमले जनाएका छन् ।

अमेरिकाका रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहामले इरानको मिसाईल आक्रमणलाई अमेरिका विरुद्धको युद्धको हर्कत भएको बताएका छन् । उनले अमेरिकी राष्ट्रपतिलाई युद्धको अवस्थामा यथोचित कदम चाल्न कानूनले प्रशस्त अधिकार दिएको पनि बताएका छन् ।

इरानका विदेशमन्त्री जादव जाविदले आफ्नो मुलुक विरुद्ध आक्रमण गर्न प्रयोग गरिएका अमेरिकी सैन्य निशानामा समानान्तर आक्रमाण गरी इरानले आत्मरक्षा गरेको बताएका छन् । जाविदले अमेरिकी सैन्य अड्डामा आफ्नो सेनाले संयुक्त राष्ट्रसंघको आत्मरक्षा सम्बन्धि कानून अनुसार आक्रमण गरेको दाबी गरेका छन् । साथै उनले युद्धलाई थप नभड्काउने तर अमेरिकाका तर्फबाट भड्किए आत्मरक्षा गर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै इरानले दुईवटा अमेरिकी निशानामा आक्रमण गरेको र क्षतिको विवरण संकलन जारी रहेकाले अमेरिकाको स्थानीय समय बुधबार बिहानमात्र औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । उनले अमेरिकासँग शक्तिशाली स्रोतसाधनयुक्त सेना रहेको समेत स्मरण गराएका छन् ।

उच्च सुरक्षा अधिकारीसँगको बैठकपछि ट्रम्पले गरेको ट्वीट यस्तो छ :

यो पनि पढ्नुहोस्

मध्यपूर्वमा ठूलो युद्ध भड्किने खतरा !

आफ्नो सैन्य कमाण्डर मारेको बदलामा इरानद्वारा २ अमेरिकी सैनिक अड्डामा क्षेप्यास्त्र आक्रमण

इरान–अमेरिका संभाव्य युद्धले नेपाललाई पार्ने असरको लेखाजोखा

 

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : ५८ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।

गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भयो : सभापति देउवा

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना