मानेलाई अफ्रिकन वर्ष फुटबलरको अवार्ड « Khabarhub

मानेलाई अफ्रिकन वर्ष फुटबलरको अवार्ड


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस क्लब लिभरपुलका साडिओ मानेले अफ्रिकन वर्ष फुटबलर अवार्ड जित्न सफल भएका छन् ।

कन्फेडेरेशन अफ अफ्रिकन फुटबल (काफ) ले सेनेगलका मानेलाई वर्ष खेलाडीको अवार्ड प्रदान गरेको हो ।

उनले लिभरपुलका साथी खेलाडी इजिप्टका मोहम्मद सालह र म्यानचेस्टर सिटीका अल्जेरियन खेलाडी रियाद महरेजलाई पछि पारेर अवार्ड जितेका हुन् ।

२७ वर्षका मानेले गएको सिजन लिभरपुललाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले गएको सिजन सबै प्रतिस्पर्धामा गरेर ३० गोल गरेका थिए । यो सिजन उनले १५ गोल गरिसकेका छन् । लिभरपुल हाल प्रिमियर लिगको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : ०७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक