वर्षातले किसान खुशी, बिरामी चिन्तित « Khabarhub

वर्षातले किसान खुशी, बिरामी चिन्तित


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- पछिल्लो तीन साताभित्र दुईपटक परेको वर्षात्ले यहाँ खुशी र चिन्ता दुवै छाएको छ । गत शुक्रबार र शनिबार हल्का वर्षात् हुँदा किसान औधि खुशी भएका छन् । गत मंसिर महिनामा माटो गल्नेगरि जिल्लाभर पानी परेको थियो ।

वर्षाले जाडो बढाउँदा श्वासप्रश्वासका बिरामीलाई थप अप्ठ्यारोमा परेका छन् । गरीब बस्तीका वृद्धवृद्धा, स–साना नानी र नवजात शिशुकी आमा वर्षापछिको जाडोले स्वास्थ्य समस्यामा परेका छन् । पछिल्लो वर्षाले जिल्लाका ग्रामीण सडक हिलाम्य भएका छन् । हिँडडुलमा पनि समस्या आएको छ ।

‘बर्षाले जाडो त बढायो, तर गहुँका लागि त अमृत नै बर्सेजस्तो भयो’, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका गहुँखेतीमा कहलिएका किसान सत्यनारायण यादवले भने, ‘हेर्नोस् वर्षाको पानीमा त के जादु हुन्छ को नि ! दुई दिनमै गहुँ लहलहाएको छ ।’ सन्तुलित वर्षाको पानी गहुँका लागि कुलोबाट गरिएको सिँचाइभन्दा निकै पोषिलो हुने बताइएको छ ।

पछिल्लो वर्षाले आलु र गोलभेँडा लगायत हिँउदे तरकारीलाई फाइदा पुर्‍याएको छ । आँप, लिची र कटहर सहितका फलका रुखमा नयाँ पात फेर्न र फुल्न वर्षालेको पनीले सहयोग पुर्‍याएको छ । बर्दिवास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान सुरजसिंह कुशवाहाले भने, ‘सन्तुलित हिउँदे वर्षा भएको साल फलफूल राम्रो उत्पादन हुने गरेको छ ।’ पशुपालक किसान पनि वर्षाले चरनक्षेत्रमा घाँस राम्रो उम्रने र बढ्ने आसले उत्साहित देखिएका छन् ।

मुख्य सडक हिलाम्य भएका छन् । बर्दिवास–जलेश्वर सडक पुनःनिर्माणको काममा ढिलाइ हुँदा पछिल्लो वर्षाले सवारी साधन चलाउन नसकिने भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : २२ बजे

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई