साफ महिला च्याम्पियनसिप आज : उद्घाटनमा नेपाल र भुटान भिड्ने « Khabarhub

साफ महिला च्याम्पियनसिप आज : उद्घाटनमा नेपाल र भुटान भिड्ने


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (म‌ंगलबार)देखि शुरु हुँदैछ। विराटनगरमा हुने प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल र भुटान भिड्दैछन् ।

आजको उद्घाटन खेलमै जीत दर्ता गराउने योजनासहित नेपाली टोली मैदानमा उत्रँदैछ । नेपालमा उपत्यका बाहिर हुने पहिलो ठूलो प्रतियोगिता साफ रहेको र यसमा नेपाली टोलीलाई बलियो टीमका रुपमा लिइएको छ ।

शहीद रङ्गशालामा हुने सो प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स छन्।

नेपालले आफ्नो समूह चरणको दोस्रो खेल भने मार्च १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ९ : ०९ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज