मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी « Khabarhub

मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा गरिएको आक्रमणमा ८० अमेरिकी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।

इरानी स्टेट टेलिभिजनले इराकस्थित अमेरिकी सेनाका २ वटा आधार शिविरमा गरिएको आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको हो ।

यद्यपि अमेरिकाले भने उक्त आक्रमणमा भएको क्षतिबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।

अमेरिकाको एयर स्ट्राइक (हवाई हमला)मा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति इराकस्थित अमेरिकी सेनाका २ वटा हवाई अड्डामा मिसाइल (क्षेप्यास्त्र) आक्रमण गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै इरानले गरेको आक्रमणको समीक्षा गरिरहेका बताएका छन् ।

इरानले मिसाइल आक्रमण गरेको खबर बाहिरिएपछि ट्रम्पले माइक्रो ब्लगिङ साईट ट्वीटरमा एक सन्देश लेख्दै भनेका छन्– ‘अहिले सबै ठीकठाक छ ! इरानबाट इराकस्थित दुई सैनिक आधार शिविरमा मिसाइल आक्रमण भएको छ । क्षतिको विषयमा अहिले समीक्षा भइरहेको छ । हामीसँग सबैभन्दा शक्तिशाली र सुसज्जित सेना छ । भोलि (बुधबार) विहान म यस विषयमा एक स्टेटमेन्ट जारी गर्ने छु ।’

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १२ : ३५ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल