तामाको भाँडामा भुलेर पनि राख्न नहुने ५ कुरा « Khabarhub

तामाको भाँडामा भुलेर पनि राख्न नहुने ५ कुरा


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै नेपालीको घरमा तामाको भाँडा प्रयोग गर्छन । परापुर्वकालबाटै तामाको भाँडालाई शुद्ध र धार्मिकतासंग जोडिएर हेरिन्छ ।

धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ । तर कतिपय अवस्थामा तामाको भाँडो हाम्रा लागी हानिकारक पनि हुन सक्छ । तामाको भाँडामा केहि खानेकुराहरु राख्नु हुदैन । अन्यथा तामामा हुने तत्वको रसायनिक प्रतिक्रिया शरीरका लागि घातक हुनसक्छ ।

त्यसैले तामाका भाँडामा यी ५ कुरा कहिल्यै नराख्नुहोस् ।

१. अचार

तामाको भाँडोमा भुलेर पनि अचार राख्नु हुदैन । अचारमा हुने नुनिलो पानी तामासँग मिल्न जान्छ र यसले फुड पोइजन बनाउने सम्भावना हुनसक्छ ।

२. कागतीको रस

तामाको भाँडोमा राख्न नहुने अर्काे वस्तु हो कागतीको रस । कागतीको रसमा हुने एसिड तामासँग मिल्ने भएकाले यसले एसिडिटी वा पेट दुखाई जस्ता समस्या निम्त्याउने गर्दछ ।

३. दहि

तामाको भाँडोमा दहि पनि राख्नु हुँदैन । दहीमा हुने तत्व तामाको भाँडोमा हुने तत्वसंग मिलि रियाक्ट गर्ने भएकाले यसले समेत फुड पोइजनको खतरा बढाउने गर्दछ ।

४. अमिलो फल

तामाको भाँडामा अमिलो स्वाद भएका फल राख्नु हुदैँन । यसले फुड पोइजन गराउन सक्छ । साथै तामाको भाँडोमा राखेको फल खाँदा बान्ता हुने, रिंगटा लाग्ने समस्या हुन्छ ।

५. दुध

तामाको भाँडोमा दुध पनि राख्नु हुदैँन । तामाको भाँडामा राखिएको दुध खाएमा स्वास्थ्यमा नकारात्मक असर हुनसक्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १२ : ३४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु