प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने गोरु व्यापारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रुपेन्देहीको बसन्तपुर गाउँपालिका–४ स्थायी घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका–८ बस्ने जहरुदिन तेलीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार गोरु खरिदबिक्री गर्ने तेलीले आफ्नो व्यवसायमा सहजता प्रदान गरिदिन भन्दै वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई घुस दिन खोजेका थिए ।

आफूलाई घुस दिन खोज्ने तेलीलाई नियन्त्रणमा लिँदै वडा प्रहरी कार्यालय वालिङले अख्तियारको जिम्मा लगाएको थियो ।

तेलीमाथि अनुसन्धान गरेको अख्तियारले आफ्नो गोरु व्यापार सहज गरिदिन उनले प्रहरीलाई घुस दिएको भेटिएको जनाएको छ ।

अख्तियारले तेलीविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र ३ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ३ : ५३ बजे

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती

यी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड,

विश्वकपमा मेसीका २१ सर्वकालीन कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले फिफा विश्वकप फुटबलको इतिहासमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर