पूर्व श्रममन्त्रीको सुझाव : ‘सरोकारवालासँग समन्वय गर्नु’ « Khabarhub

पूर्व श्रममन्त्रीको सुझाव : ‘सरोकारवालासँग समन्वय गर्नु’


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व श्रममन्त्रीहरुले सरोकारवालासँग समन्वय गरेर काम कारबाही गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई सझुाव दिएका छन् ।

श्रम मन्त्रालयमा आयोजित छलफलमा उनीहरुले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै आन्तरिक रोजगारी सिर्जनामा ध्यान दिन सुझाव दिए । सो अवसरसमा पूर्व श्रममन्त्री मुकुन्द न्यौपानेले मन्त्रालयले काम गर्ने तौरतरिका र सोच्ने तरिकामा रुपान्तरण आवश्यक रहेको बताउँदै कुनै पनि काम गर्नुभन्दा पहिला विज्ञ र सरोकारवालासँग राय लिएर अगाडि बढ्न सुझाव दिए ।

योजना र तयारी बिना मन्त्रीले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर त्यसअनुरुप परिणाम दिन नसक्दा जनतामा वितृष्णा फैलिएकामा ध्यानकर्षण गराउँदै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढङ्गले लागू गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री सरिता गिरीले छिमेकी मुलुकको मानव संशाधनको प्रयोग र भौतिक विकासको सुक्ष्म अध्यधन गरी त्यसअनुसार अगाडि बढ्न आग्रह गरेका थिए ।

अर्का पूर्वमन्त्री कमल चौलागाईंले अस्तव्यवस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भीररुपमा अध्ययन सुधारका एजेण्डालाई अगाडि बढाउन सुझाव दिए ।  वैदेशिक रोजगारीका साथै आन्तरिक रोजगारी सिर्जना, कृषि, जल र पर्यटनका माध्यमबाट थप अवसर सिर्जना गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

सो अवसरमा मन्त्री यादवले पूर्व श्रममन्त्रीको अनुभव र सुझावका आधारमा आगामी रणनीति तय गरिने बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री उनले वैदेशिक रोजगारका क्षेत्रमा देखापरेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिए ।

करिब डेढ महिनाअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले आज पूर्व श्रममन्त्रीसँग छलफल गरेका हुन्।

उनले मंगलबारमात्रै आगामी तीन महिनाको कार्ययोजना सार्वजनिक गरेका थिए ।  मन्त्रालयले २०४६ पछि श्रम मन्त्रालयको जिम्मेवारीमा रहेका १७ पूर्वमन्त्रीलाई छलफलमा बोलाएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ०० बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ