खेलमा पनि भ्रमण वर्ष प्रचार गर्दै सन्दीप, जुत्तामा लेखे ‘भिजिट नेपाल २०२०’ « Khabarhub

खेलमा पनि भ्रमण वर्ष प्रचार गर्दै सन्दीप, जुत्तामा लेखे ‘भिजिट नेपाल २०२०’


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेट मेलबर्न स्टार्सबाट खेलिरहेका छन् ।

बुधबारको खेलमा सन्दीप निक्कै चर्चामा रहे । उनको चर्चा बुधबार चाँही खेलले हैन जुत्ताले दियो । सन्दीपले ४ ओभर बलिङ गर्दा ३९ रन खर्चिएपनि उनको जुत्ताले उनलाई चर्चामा ल्यायो ।

सिड्नीविरुद्धको खेलमा सन्दीपले नेपाल भ्रमण वर्षको प्रचार र अस्ट्रेलियाको आगलागीबाट समस्यामा परेकालाई सहयोग गर्ने सन्देश लेखेका छन् ।

सन्दीपले लगाएको एउटा जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको छ । यस्तै अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर नमस्ते गरेका छन् ।

नेपालले जनवरी १ बाट भ्रमण वर्ष मनाईरहेको छ । र, नेपालले सन् २०२० मा २० लाख पर्यटन ल्याउने योजना बनाएको छ ।

अस्ट्रेलियामा भईरहेको भिषण आगलागीको कारण हजारौ मानिस विस्थापित भएका छन् भने लाखौ जीव जन्तुको ज्यान गएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ३९ बजे

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका

बर्खा लाग्यो, हिउँ पर्न छाडेन

मुस्ताङ– हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ– बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न

१८ सय बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम– सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि इलामको