भिमादलाई प्रथम प्रादेशिक भलिबलको उपाधि « Khabarhub

भिमादलाई प्रथम प्रादेशिक भलिबलको उपाधि


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको रूपा गाउँपालिकाको आयोजनामा स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशअन्तर्गत स्थापित तहहरुबीच भएको ‘प्रथम अध्यक्ष कप खुला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ ।

यही फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई ३–१ सेटमा पराजित गरी भिमादले उपाधिसहित नगद रु एक लाख तथा ट्रफी हात पार्न सफल भयो ।

उपविजेजता बनेको कालीगण्डकीले नगद रु ७० हजार, तृतीय घिरिङ गाउँपालिका तनहुँले नगद रु ५० हजार तथा सान्त्वना स्थान हासिल गरेको पोखरा महानगरपालिकाले रु २० हजार पुरस्कार पाए । आयोजक रूपाले अनुशासित टिमको उपाधि प्राप्त गरी नगद रु १० हजार प्राप्त गर्न सफल भयो । पचासी स्थानीय तह रहेको गण्डकी प्रदेशमा प्रतियोगितामा १९ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भिमादका निर्मल शाही ठकुरी, स्पाइकर कालीगण्डकीका हरि पाण्डे, ब्लकर भिमादका मिलन राना, सर्भर घिरिङका मिलन चन्द ठकुरी, सेटर भिमादका विवश आले तथा लिब्रो कालीगण्डकीका पोलसिंह राना बन्न सफल हुनुभयो । उहाँहरूलाई भई जनही नगद रु तीन हजार तथा ट्रफी प्रदान गरियो ।

त्यस्तै वडास्तरीय झाँकी प्रतियोगिताको उपाधि वडा नं ५ मा रहेको फेदी नेवा सांस्कृतिक गुठीले जितेको छ । शान्ति रूपा तमु समाज, वडा नं ६ द्वितीय, वडा नं ३ को नेपाल कुमाल समाज सुधार समिति तृतीय र चिसापानी जलकुमारी आमा समूह वडा नं ६ ले सान्त्वना स्थान हासिल गरी नगद क्रमशः रु २० हजार, १५ हजार, १० हजार तथा पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा २८ टिमले सहभागिता जनाएका थिए ।

भलिबल तथा झाँकी प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई संविधानसभाका सदस्य कृष्णबहादुर गुरुङ, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ तथा पूर्वगाविस अध्यक्ष टीकाराम पङ्गेनीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ११ : १२ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै