विपिन र दयाहाङको ‘जात्रै जात्रा’ रिलिज मिति फाइनल « Khabarhub

विपिन र दयाहाङको ‘जात्रै जात्रा’ रिलिज मिति फाइनल


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १७ गते रिलिज हुने भनी टिजर समेत सार्वजनिक गरिएको फिल्म ‘जात्रै जात्रा’ निर्धारित समयमा रिलिज भएन । कारण थियो, फिल्मको शूटिङ चलिरहँदा मुख्य अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परे ।

अहिले भने यो फिल्मको नयाँ रिलिज डेट फाइनल भएको छ । निर्माण टिमले ‘जात्रै जात्रा’ को एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति आउट गरेको हो ।

‘जात्रा’को सिक्वेलमा बनेको ‘जात्रै जात्रा’ अर्को वर्षको वैशाख २७ गतेबाट रिलिज हुने फाइनल भएको हो । प्रदिप भट्टराइले निर्देशन गरेको यो फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ ।

चलचित्रमा यादव पौडेल र सिंगे लामाको लगानी रहेको छ । टिजरका आधारमा फिल्ममा दयाहाङ राईलाई भिलेन अवतारमा देख्न सकिनेछ ।

‘जात्रा’ को सफलतासँगै यो फिल्म थप प्रतीक्षित बनेको छ । फिल्म डार्क कमेडी विधामा निर्माण भएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १२ : २९ बजे

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा बिहीबार

‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म

काठमाडौं – नायिका आँचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको

राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम