मनाङ र मछिन्द्रको खेलमा झगडा गर्ने ६ खेलाडीलाई एन्फाको कारबाही | Khabarhub Khabarhub

मनाङ र मछिन्द्रको खेलमा झगडा गर्ने ६ खेलाडीलाई एन्फाको कारबाही


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा जारी सहिद स्मारक एडिभिजन लिग अन्तर्गत गत सोमबार भएको मनाङ र मछिन्द्रबीचको खेलका क्रममा झगडा गर्ने ६ खेलाडीलाई कारबाही गरेको छ ।

एन्फाले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई ५–५ खेलको प्रतिबन्ध गरेको छ। झगडा गरेपछि रातो कार्ड पाएका बरालले थप एक खेलको प्रतिबन्ध झेल्नु पर्नेछ।

यस्तै मनाङका फरवार्ड रञ्जन विष्ट २ खेलको प्रतिबन्धमा परेका छन्। मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई भने २–२ खेलको प्रतिबन्ध लगाइएको छ।

जगजित र अशोकलाई हजार रुपैयाँ जरिवाना पनि गरिएको एन्फाले जनाएको छ । एन्फाको अनुशासन समितिले ६ जना खेलाडीलाई कारबाही गर्ने बिहीबार निर्णय गरेको हो।

मनाङका किट्स व्यवस्थापक शिव लामालाई सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार रुपैयाँ जरिबाना गरिएको छ। यस्तै दुवै क्लबलाई ५०–५० हजार रुपैयाँ जरिबाना गर्ने पनि एन्फाले जनाएको छ।

यो पनि पढौं

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ८ : १६ बजे

वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले

शंकर पोखरेलतिर हेर्दै पूर्वराष्ट्रपतिले भनिन्- पार्टी सदस्यता नवीकरण पहिल्यै भइसकेको हो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमाले नेपालको सबैभन्दा व्यवस्थित पार्टीका रुपमा

सुर्खेतमा डेंगीका बिरामी बढ्दै 

सुर्खेत– सुर्खेतमा डेंगी रोगका बिरामी रोगका बिरामी बढ्दै गएका छन्

सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने

काठमाडौं– रामेछापको सुनापति गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि