एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा « Khabarhub

एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाईनलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो ।

एन्जिल कोरियाले अन्तिम मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण जित दिलाए । ४६ औं मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

लियोनल मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । लगत्तै एन्टोनी ग्रिजम्यानले ६२ औं बार्सालाई अग्रता दिलाएका थिए ।

एट्लेटिकोका अल्भरो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याउन सफल रहे ।

खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाले गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाए । एट्लेटिकोले अब उपाधिका लागि शहरी प्रतिद्धन्दी रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।

यससिजनबाट प्रतियोगिता नयाँ ढाँचामा खेलाउन थालिएको छ । स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो ।

रियलले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । बार्सिलोना लिग विजेता र कोपा डेल रे फाईनल खेलेको टिम भएपछि रियलले सुपरकपमा मौका पाएको हो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : ४३ बजे

एक करोड ८४ लाखमा विद्यालय भवन निर्माण

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे

मन्त्रिपरिषद् बैठकका चार निर्णय : कार्यविभाजन नियमावली २०८३ स्वीकृत

काठमाडौँ – बुधबारको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण चार वटा निर्णय गरेको

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको सामान्य घटेको छ ।

स्मार्ट टेलिकम प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश