एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा « Khabarhub

एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाईनलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो ।

एन्जिल कोरियाले अन्तिम मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण जित दिलाए । ४६ औं मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

लियोनल मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । लगत्तै एन्टोनी ग्रिजम्यानले ६२ औं बार्सालाई अग्रता दिलाएका थिए ।

एट्लेटिकोका अल्भरो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याउन सफल रहे ।

खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाले गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाए । एट्लेटिकोले अब उपाधिका लागि शहरी प्रतिद्धन्दी रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।

यससिजनबाट प्रतियोगिता नयाँ ढाँचामा खेलाउन थालिएको छ । स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो ।

रियलले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । बार्सिलोना लिग विजेता र कोपा डेल रे फाईनल खेलेको टिम भएपछि रियलले सुपरकपमा मौका पाएको हो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : ४३ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर