भाउजूलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ « Khabarhub

भाउजूलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– आफ्नै भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका-७ केराटोल बस्ने ४० वर्षीय जगत बहादुर परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बिवाद हुँदा जगत बहादुरले आफ्नै ३५ वर्षीया भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १ : ३५ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त