राजीनामाका विषयमा ओली–प्रचण्डसँग उपसभामुखको असन्तुष्टि, नयाँ सभामुख चयनमा उल्झन « Khabarhub

राजीनामाका विषयमा ओली–प्रचण्डसँग उपसभामुखको असन्तुष्टि, नयाँ सभामुख चयनमा उल्झन


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामाका कारण सत्तारुढ दलमा सभामुख चयनको विषय पेचिलो बनेको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको चयन भन्नेमा समस्या देखिएको छ । जसका कारण नयाँ सभामुख चयनको विषय नै अन्योलमा परेको नेकपा श्रोतको दाबी छ ।

अध्यक्ष प्रचण्डसहित पूर्व माओवादी पक्षले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ सभामुख चयनको बाटो खुल्ने तर्क गरेको र प्रधानमन्त्री ओली पक्षले पहिला सभामुख चयन त्यसपछि उपसभामुखको राजीनामाको बाटो उपयुक्त हुने बताउँदा सभामुख चयन थप पेचिलो बनेको स्रोतको दाबी छ ।

प्रचण्ड निकट नेताहरुले भने अर्का अध्यक्ष ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिनबाट रोकेको भन्दै संशय व्यक्त गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने बताउँदै आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भने उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनु पर्ने लिवङ गरेको नेकपा निकट श्रोतको दाबी छ ।

शुक्रवार उपसभामुख तुम्बाहाङ्फे र नेकपाका दुई अध्यक्षबीच भेटवार्तासमेत भएको छ । भेटमा उपसभामुख तुम्बाहाङ्फेले नयाँ सभामुखको चयन नगरी आफूले राजीनामा नदिने अडान राखेको बालुवाटार श्रोतको भनाइ छ ।

तुम्बाहाङ्फे राजीनामा नदिएका कारण सभामुख चयन प्रक्रिया जटिल बनेको पूर्वमाओवादीका केही नेताहरुको भनाइप्रति समेत उपसभामुख तुम्बाहाङ्फेले अध्यक्षद्वयसँग असन्तुष्टि जनाएकी छिन् ।

मेरो राजीनामा नआएका कारण रोकियो भनेर केही साथीहरुले भन्नु भएको रहेछ, के आधारमा यस्तो भनिरहनु भएको छ । कुन कानूनको आधारमा उहाँहरुले यसो भनिरहनु भएको छ ?’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

भेटमा उपसभामुख तुम्बाहाङ्फेले तत्कालिन सभामुख कृष्णबहादुर महराको दोषको आफू भागिदार नबन्ने र आफ्नो कारणले सभामुख चयनमा कुनै अवरोध नभएको बताएको स्रोतको दाबी छ ।

उपसभामुख तुम्बाहाङ्फेसँगको छलफल पछि प्रधानमन्त्री ओली र प्रचण्डबीच पनि छलफल भएको थियो । तर दुई अध्यक्षबीचको छलफलले केही निचोड भने निस्कन सकेन ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ४ : ४५ बजे

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति