सैनामैनामा थारु समुदायको माघी महोत्सव शुरु « Khabarhub

सैनामैनामा थारु समुदायको माघी महोत्सव शुरु


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिकामा थारु नयाँ वर्ष ‘माघी खिचडी महोत्सव २०७६’ आजदेखि शुरु भएको छ ।

थारु भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै थारु कल्याणकारिणी सभा, सैनामैनाले सालझण्डीमा माघी महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले थारु संस्कृतिको संरक्षण साझा आवश्यक्ता भएको उल्लेख गर्दै पुरानो संस्कार सम्बद्धन गर्न नयाँ पिढी अग्रसर हुनु प्रशंसनीय भएको बताए ।

उनले थारु भेषभूषाको संरक्षणका लागि नगरपालिका सहकार्य गर्न तयार भएको जानकारी दिँदै नगरपालिकाको समृद्धिमा थारु समुदायको भूमिका रहने बताए ।

विभिन्न थारु खानपान, भेषभूषामा सजिएका युवा तथा युवतीले आफ्नै संस्कृतिमा झर्रा, झुमडा, लोपोन्मुख बडका नाचलगायतका संस्कृति झल्कने कार्यक्रम प्रर्दशन गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा थारु कल्याकारी सभाका पार्षद् खुशीराम चौधरी, रामवली चौधरीलगायतले थारु समुदायको अधिकारका विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ३८ बजे

‘र्‍यानसमवेयर’ आक्रमणबाट जोगिन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी

काठमाडौं– राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

मकवानपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति

निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा