जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र भुटानको समान धारणा रहने « Khabarhub

जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र भुटानको समान धारणा रहने


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र भुटानबीच जलवायु परिवर्तनका कारण ऊर्जा क्षेत्रमा देखापरेको र भविष्यमा पर्न सक्ने असरबारे अन्तरराष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने सहमति भएको छ ।

अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको वार्षिक सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भुटानका अर्थमन्त्री लोकनाथ शर्माबीच आज भएको भेटमा उनीहरुबीच समान समस्याको समाधान मिलेर गर्ने समझदारी भएको हो ।

सो अवसरमा मन्त्री पुनले नवीकरणीय ऊर्जा र जलविद्युत् क्षेत्रका चुनौती समाधानका लागि अन्तरराष्ट्रिय मञ्चमा एउटै आवाज र भावना प्रवाहित गर्न सके हिमाली देशले भोग्दै आएका जलवायु परिवर्तनका समस्याबारे विश्व समुदायको ध्यानाकृष्ट गराउन सकिने बताए ।

हिउँ पग्लने र खोलामा बाढी आउने समस्याका कारण जलविद्युत् आयोजना र अन्य विकासका पूर्वाधारमा कतिबेला क्षति पुग्ने भन्ने त्रासमा बस्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

भेटमा भुटानी अर्थमन्त्री शर्माले नेपाल र भुटान दुवैले जलविद्युत्मा धेरै लगानी गरिसकेको भन्दै उहाँले वातावरणीय दुष्प्रभावको असरबाट बच्न सहकार्य हुने प्रतिबद्धता जनाए ।

उनले नेपाल र भुटानले ठूलो परिमाणमा विद्युत् उत्पादन गर्नसके भारत र बङ्गलादेशमा बजारको प्रचुर सम्भावना रहेको औँल्याए ।

मन्त्री शर्माले नेपालले ‘बायोग्यास’मा राम्रो अनुभव हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो । बायोग्यासमा नेपालको सफलता सिक्न आफूहरु आतुर रहको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : २० बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा