जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र भुटानको समान धारणा रहने | Khabarhub Khabarhub

जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र भुटानको समान धारणा रहने


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र भुटानबीच जलवायु परिवर्तनका कारण ऊर्जा क्षेत्रमा देखापरेको र भविष्यमा पर्न सक्ने असरबारे अन्तरराष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने सहमति भएको छ ।

अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको वार्षिक सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भुटानका अर्थमन्त्री लोकनाथ शर्माबीच आज भएको भेटमा उनीहरुबीच समान समस्याको समाधान मिलेर गर्ने समझदारी भएको हो ।

सो अवसरमा मन्त्री पुनले नवीकरणीय ऊर्जा र जलविद्युत् क्षेत्रका चुनौती समाधानका लागि अन्तरराष्ट्रिय मञ्चमा एउटै आवाज र भावना प्रवाहित गर्न सके हिमाली देशले भोग्दै आएका जलवायु परिवर्तनका समस्याबारे विश्व समुदायको ध्यानाकृष्ट गराउन सकिने बताए ।

हिउँ पग्लने र खोलामा बाढी आउने समस्याका कारण जलविद्युत् आयोजना र अन्य विकासका पूर्वाधारमा कतिबेला क्षति पुग्ने भन्ने त्रासमा बस्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

भेटमा भुटानी अर्थमन्त्री शर्माले नेपाल र भुटान दुवैले जलविद्युत्मा धेरै लगानी गरिसकेको भन्दै उहाँले वातावरणीय दुष्प्रभावको असरबाट बच्न सहकार्य हुने प्रतिबद्धता जनाए ।

उनले नेपाल र भुटानले ठूलो परिमाणमा विद्युत् उत्पादन गर्नसके भारत र बङ्गलादेशमा बजारको प्रचुर सम्भावना रहेको औँल्याए ।

मन्त्री शर्माले नेपालले ‘बायोग्यास’मा राम्रो अनुभव हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो । बायोग्यासमा नेपालको सफलता सिक्न आफूहरु आतुर रहको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : २० बजे

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए

गाजा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर