मन्त्री फेर्ने विषयमा ओली–प्रचण्डबीच छलफल « Khabarhub

मन्त्री फेर्ने विषयमा ओली–प्रचण्डबीच छलफल


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको छ ।

मंगलबार विराटनगर पुगेका प्रचण्डले आफू मन्त्रिमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री अ‍ेलीसँग कुरा गरेर आएको बताए ।

‘आज विहान मात्र प्रधानमन्त्रीसँग मन्त्रिमण्डल हेरफेरका बारेमा कुरा भएको थियो’ प्रचण्डले भने,‘ हेरफेरको कुरा प्रधानमन्त्रीले कसरी हिसाव गर्नु भएको छ त्यसमा भर पर्छ ।’
प्रधानमन्त्री ओलीले मन्त्रीहरुको काम कारवाहीलाई हेरिरहेको भन्दै प्रचण्डले त्यसको आधारमा मन्त्रिमण्डल पुनर्गठन हुने बताए ।

‘म हेरिहेको छु,’ प्रधानमन्त्री ओलीले आफूलाई भनेको बताउँदै प्रचण्डले भने,‘दुई अध्यक्षका बीचमा सल्लाह गरेर गर्ने पर्‍यो भने हेरफेर हुनुपर्छ । तर अहिले हतारो छैन भन्ने भयो ।’

यो प्रधानमन्त्रीको कार्यक्षेत्र भएको बताउँदै प्रचण्डले आफूले प्रधानमन्त्रीलाई उहाँको मूलायांकनका आधारमा गर्न सल्लाह सुझाव दिएको बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : ४५ बजे

कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेविस्थित नयाँ कार्यालयबाट काम गर्ने

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षले आगामी असार २२ गतेदेखि चुनदेविस्थित

संस्थापनले एकताको प्रयास नगर्दा १५ औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण : मीनबहादुर विश्वकर्मा

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मीनबहादुर विश्वकर्माले संस्थापन पक्षले

हारेका र पद छोडेका नेताहरूलाई पनि मनोनयन गर्न रविलाई दबाब

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ

बैतडीमा यात्रुवाहक बस दुर्घटना

काठमाडौं- बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । कैलालीबाट बैतडीतर्फ

बिहेको रथ अनियन्त्रित हुँदा बालिकाको मृत्यु

धनुषा- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह