प्राथमिकताका आधारमा पुनर्निर्माणको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

प्राथमिकताका आधारमा पुनर्निर्माणको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम सन्तोषजनक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय पुननिर्माण परामर्श परिषद्को पाचौं बैठकमा पुननिर्माणको वर्तमान अवस्था एवं कर्ययोजनाको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले अहिले सम्मको पुननिर्माणको प्रगति सन्तोषजनक रहेको बताएका हुन।

उनले पुननिर्माणको काममा भएको अहिले सम्मको प्रगतिका आधारमा तीन वटा निर्णय गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए।

कामको प्रगतिलाई लिपिबद्ध गरेर जानुपर्ने, बाँकी कामहरुलाई छिटो सम्पन्न गर्न देखिएका समस्या समाधान गर्नुपर्ने र प्राथमिकताका आधारमा पुननिर्माणमा जोड दिनुपर्ने विषयमा निर्णय गरी अगाडि बढ्नुपर्ने उनले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले अहिले सम्मको प्रगति र अनुभवलाई लिपिवद्ध गरेर राख्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन समेत दिए।

बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुननिर्माण, शिक्षण संस्थाहरु, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, पुरातात्विक एवं सांस्कृतिक सम्पदा, सडक तथा खानेपानी, सामाजिक आर्थिक पुनर्स्थापना, पुनर्निर्माणको दीगोपना र हस्तान्तरण तथा बजेट व्यवस्थापन र खर्चको विवरणका विषयमा भएका प्रगतिको जानकारी गराएका थिए।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : ५६ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना