पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा « Khabarhub

पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।

हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएका हुन् ।

नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।

“सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ”, उनले भने, “राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो ।”

त्यस्तै, झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवं जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ३ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै