भारी वर्षापछिको आँधीबेहरीले अमेरिकामा ८ को मृत्यु लाखौं प्रभावित | Khabarhub Khabarhub

भारी वर्षापछिको आँधीबेहरीले अमेरिकामा ८ को मृत्यु लाखौं प्रभावित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा आएको आँधीबेहरीले लाखौं मानिस प्रभावित भएका छन् । भारी वर्षापछि आएको आँधीबेहरीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

आँधीबेहरीले दक्षिणी अमेरिकालाई निकै असर पुर्याएको छ । टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित भएका छन् ।

यी तीन राज्यमध्ये अलाबामा सबैभन्दा खतराको स्थितिमा रहेको मौसमविद्हरुले बताएका छन् । हजारौंलाई सुरक्षित स्थलमा सारिएको छ ।

हजारौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवा ठप्प भएको छ । तीव्र गतिको हावाका कारणले गर्दा सयौं हवाइ उडान रद्द भएका छन् ।

सिकागागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु भएका छैनन् । यता मध्यपश्चिमी अमेरिकामा पनि असर पर्ने चेतावनी मौसमविदहरुले दिएका छन् ।

भारी वर्षा र आँधीबेहरी अझ केही दिन रहने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : ०३ बजे

महिलाविरोधी गीतको आरोपमा भारतीय गायक हनी र करण विवादमा

काठमाडौं– भारतीय चर्चित गायक हनी सिंह र करण औजला महिलाहरूप्रति

इष्टुको तस्बिर फेरि भाइरल !

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा महिलाको पहिरनलाई लिएर टिप्पणी र

जनप्रिय युवा क्लब ‘खुला यार्तुङ आर्चरी प्रतियोगिता’को च्याम्पियन

मुस्ताङ– मुस्ताङको मुक्तिनाथमा आयोजित खुला यार्तुङ आर्चरी प्रतियोगितामा आयोजक जनप्रिय

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– २ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा– बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना