मन्दिर निर्माणका लागि सात करोडको गुरुयोजना सार्वजनिक « Khabarhub

मन्दिर निर्माणका लागि सात करोडको गुरुयोजना सार्वजनिक


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बृहत् अन्नदान मेला हुने भएको छ । नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष तुलसीदास कासुलाले आगामी माघ १ गते १५ औं अन्नदान मेला आयोजना गर्न लागेको जानकारी दिए।

मन्दिरको दैनिक पूजा एवं आरती व्यवस्थापनमा ठूलो टेवा पुर्‍याउँदै आएको अन्नदान मेलामा विगतका वर्षमा स्थानीयवासीले मात्रै सहभागिता जनाए पनि यस वर्ष भने सबै क्षेत्रका बासिन्दालाई मेलामा सहभागिता जनाउन उनले आह्वान गरे । अन्नदान मेलामा धान, चामल, गहुँ, जौँलगायतका अन्नका साथै स्वेच्छाले आर्थिक दान दिन आह्वान गरिएको हो ।

त्यसैगरी समितिले मन्दिर परिसरमा निर्माण भइरहेको र हुने भौतिक संरचना समेटिएको सात करोड लागतको गुरुयोजना सार्वजनिक गरेको छ । मन्दिरको पूर्वतर्फ बहुउपयोगी सामुदायिक भवन, मूल मन्दिर, कलात्मक गेट, भजनपाटीलगायतको भौतिक संचरना निर्माणको गुरुयोजना सार्वजनिक गरिएको हो ।

समितिका उपाध्यक्ष श्रीराम व्यञ्जूले मूल मन्दिर निर्माणका लागि दुई करोड ५९ लाख, बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि दुई करोड ५० लाख, कलात्मक प्रवेशद्वार निर्माणका लागि २८ लाख २५ हजार, भजनपाटी एवं सत्तल निर्माणका लागि ३९ लाख ६९ हजार, दाफा भजनघर निर्माणका लागि ३५ लाख ५७ हजार, ढुङ्गा छपाइका लागि ४३ लाख ५४ हजारलगायत उद्यान र अन्य संचरना निर्माणसमेतको गुरुयोजना सार्वजनिक गरेको जानकारी दिए ।

पुनःनिर्माण प्राधिकरणले एक करोडको लागतमा पुरातत्व विभागमार्फत पुरातात्विक शैलीमा कलात्मक मन्दिर निर्माण गरिदिने भएको छ । गुरुयोजनाअनुसार थप बजेटसहित मन्दिर निर्माण सम्पन्न पुरातत्व विभागबाटै हुने अपेक्षा गरिएको उनले बताए ।

प्रसिद्ध धार्मिकस्थल मानिने नन्दीकेश्वर महादेव मन्दिरमा वैशाख पूर्णिमाको दिन १०८ कन्यासहितको खट जात्रा, श्रावणी मेला एवं प्रत्येक सङ्क्रान्तीमा विशेष पूजा, माघ १ गते अन्नदान, जनैपूर्णिमा मेला, हरितालिका तीज मेला, नवरात्रि मेला, सकिमना पूर्णिमा मेला, शिवरात्रि मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ११ : ५४ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर