पहिलो जित हात पार्न फ्रेन्ड्सले थ्रीस्टारलाई हरायो « Khabarhub

पहिलो जित हात पार्न फ्रेन्ड्सले थ्रीस्टारलाई हरायो


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा फ्रेन्ड्सले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि वाग्नेर डे कार्मोले गोल गर्दै ललितपुरे क्लबलाई पञ्छाएका हुन् ।

उनले खेलको १३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टिमलाई जित दिलाएका हुन् । खेलमा आफ्नो दबाब कायम गरेपनि थ्रीस्टारले गोल फर्काउन नसक्दा हार व्येहोर्नु पर्यो । थ्रीस्टारविरुद्ध फ्रेन्ड्सले खेल रक्षात्मक खेल्दै ३ अंक जोडेको हो ।

केही समय अगाडि थ्रीस्टारमा जोडिएका शिव सुवेशी र ओलेन्देरान हाज्मतले अग्रपंङ्ती सम्हाले पनि टोलीको हार भने जोगाउन सकेनन् ।

लिगमा पहिलो जित हात पारेको फ्रेन्ड्स क्लब ५ अंकसहित ११ औं स्थान उक्लिएको छ भने पराजित थ्रीस्टार क्लब १० अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  २ : २३ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक