‘भद्रगोल’ को पाँडे चरित्रमा पाण्डे समाजको आपत्ति « Khabarhub

‘भद्रगोल’ को पाँडे चरित्रमा पाण्डे समाजको आपत्ति


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रङ्खला ‘भद्रगोल’ मा पाँडे चरित्रले पाण्डेहरुको मनमा चोट पुर्‍याएको भन्दै नेपाल पाण्डे समाजले मिडिया हब प्रालिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

समाजले पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुर्‍याएको महसूस गरिएको भन्दै पत्र लेखेको हो ।

‘मुलुकको एकीकरणदेखि हालसम्म मुलुकको विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको उच्च स्तरको योगदानलाई चटक्कै भुलेर हास्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो,’ महासचिव सागर पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस समाजले समाजले समाजलमा असर पुर्‍याउने कथा र प्रदर्शनलाई नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

‘भद्रगोल’ मा पाण्डेको भूमिका अर्जुन घिमिरेले निभाउने गरेका छन् । घिमिरे सिरियलका निर्देशक पनि हुन् । उनले अर्का हास्यकलाकार कुमार कट्टेलसँग मिलेर सिरियलको निर्देशन गरिरहेका छन् ।

नेपालीमाझ लोकप्रिय यो श्रृङ्खलाले केही हप्ताअघि मात्र २०० औँ भाग पूरा गरेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ५ : ५१ बजे

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने