पूर्वसभामुख महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश | Khabarhub Khabarhub

पूर्वसभामुख महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश दिएको छ ।

आतइबारबाट अन्तिम सुनुवाइ शुरु गरेको जिल्ला अदालत काठमाडौंले विशेषज्ञ बुझ्न आदेश दिएसँगै महराकाे मुद्दामा पीडित महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पार्ने चिकित्सक, घटनास्थलको प्रमाण संकलन गर्ने र परीक्षण गर्ने प्रहरी र अन्य साक्षीहरूले समेत फेरि बकपत्र दिनुपर्ने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले कृष्णबहादुर महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश दिएको हो ।

असोजमा १२ गते संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको अभियोग लागेपछि महरा जिल्ला अदालत काठमाडौंको आदेशले हाल डिल्लीबजार कारागार चलान भएका छन् । महरा १९ असोजमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ७ : २१ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध