लोकसंस्कृतिको संरक्षणका लागि नेपाली लोकबाजा प्रस्तुत « Khabarhub

लोकसंस्कृतिको संरक्षणका लागि नेपाली लोकबाजा प्रस्तुत


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली लोकसंस्कृतिको संरक्षणका लागि नेपाली लोकबाजा प्रस्तुत गरेको छ ।

संगीत प्रतिष्ठानले नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) र सांस्कृतिक संस्थानको सहकार्यमा २९८औँ पृथ्वीजयन्तीका अवसरमा आज लोप हुँदै गएका बाजाको संरक्षणका लागि लोकबाजा प्रस्तुत गरेको हो ।

कार्यक्रममा मङ्गल सोरठी, मैथिली सङ्गिनी धून, असारे, कौडा र नेवारी लोकभाका, धिमाल जातिको लोकधून, साकेला भाका, म्हेन्दोमाया भाका, थकाली जातिको लोकधून, देउडा धून, पूर्वेली लोकलय र टुङ्नामा हेल्मो भाका प्रस्तुत गरिएको थियो ।

संगीत प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले नेपालको संगीत तथा नाट्य विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न लोकबाजा प्रस्तुत गरिएको जानकारी दिए ।

“सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न संगीत प्रतिष्ठान सरकारसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छ”, उनले भने ।

पूर्वसंस्कृतिमन्त्री कृपासुर शेर्पाले नेपाल भ्रमण वर्ष–२०२० मा धेरै पर्यटक भित्र्याउन नेपालका मूर्त तथा अमूर्त कला संस्कृतिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

नाफाका कुलपति केके कमाचार्य, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलगायतले नेपालका लोप हुन लागेको कलासंस्कृतिको संरक्षणका लागि संगीत प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ६ : ०५ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा