यी पाँच कारणले टुट्छ सम्बन्ध ! « Khabarhub

यी पाँच कारणले टुट्छ सम्बन्ध !


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मानिसबीच सबैभन्दा सम्बन्ध बढाउने आधार विश्वास हो । तर कतिपय अवस्थामा विश्वास नै टुट्ने र एकाएक सम्बन्धमा दरार आउने गर्दछ । बर्षौंको सम्बन्ध मात्रा एक मिनेटमा अर्थात कुनै साधारण कारणले टुट्न सक्छ ।

सम्बन्धलाई टिकाइराख्न मानिसले धेरै कुरामा ध्यान दिनुपर्छ । तर अक्सर मानिसहरु विभिन्न कारणहरु बाधक बनिदिदाँ सम्बन्धमा चिसोपना आउँछ र टुट्ने गर्दछ । आखिर सम्बन्ध टुट्ने कारण के हो त ? यसबारे हामी केहि टिप्स दिदैछौ ।

१. अति व्यस्त हुनु

आजकल सम्बन्ध टुट्ने सबैभन्दा प्रमुख कारण मानिसहरु आफ्नो काम वा दैनिकिमा अति ब्यस्त हुनु पनि हो। मानिसहरु सम्बन्धलाई भन्दा आफ्नो पेशा वा कामलाई प्राथमिकता दिँदा पार्टनरलाई आफूप्रति कम समय दिएको भान हुन्छ । जसको कारण ख्यालख्याल मै सम्बन्ध टुट्न सक्छ ।

२. नयाँ परिवेशमा रामाउनु

कतिपय मानिसहरु नयाँ स्थान वा सम्बन्धमा परेपछि पुरानो सम्बन्धलाई कम ध्यान वा प्राथमिकता दिने गर्दछन् । यस्तोमा नयाँ परीवेशमा रमाएकै कारण आफ्नो विगतको सम्बन्धमा दुरी बढ्न थाल्छ र एकाएक फाटो आउने गर्दछ ।

३. अनलाइनमा ध्यान नदिनु

केही मानिसहरु अनलाईन वा इन्टरनेटको पहुँचमा रहँदा पनि आफ्नो सम्बन्धलाई प्राथमिकता दिँदैनन् । जबकी आफ्नो पार्टनरले त्यसबेला थोरै भएपनि आफूसंग कुरा गरोस् भन्ने चाहाना राखेको हुन्छ । तर कतिपय मानिस अनलाइनमा हुँदा पार्टनरलाई भन्दा अन्यत्र बढी समय दिने गर्दछन् जसले दुबैबीच चिसोपना आउँछ र सम्बन्ध टुट्ने गर्दछ ।

४. राम्रो प्रतिक्रिया नदिनु

कुनै पनि सम्बन्धको दरिलो आधार भनेको दुबैबीच प्रतिकृया आदानप्रदान हुुनु हो । कोही एकले लगातार गरिएको प्रश्न वा जिज्ञासामा अर्काे ब्यक्तिले राम्रो प्रतिकृया जनाएन भने त्यस सम्बन्धमा पनि दरार आउन सक्छ । यस्तोमा सम्बन्ध कुनै ठूलो कारणको अभावमा पनि टुट्न सक्छ ।

५. सम्मानपुर्वक ब्यवहार नगर्नु

केही मानिसले आफ्नो पार्टनरलाई कमजोर आक्ने र सम्मानपुर्वक व्यवहार गर्दैनन् । जसले सहने पक्षलाई यसले नियमित पीडा दिने गर्दछ । आफूमा हिनतावोध वा आक्रोश आउन थाल्छ र सम्बन्ध भित्र आफ्नो अस्तित्व खोज्न थाल्छ । त्यसले हरेक सम्बन्धमा सम्मानपुर्वक व्यवहार हुनु आवश्यक छ । अन्यथा मपाई भएकै कारण तपाईको सम्बन्ध टुट्न सक्छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : १० बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा