जथाभावी बाटो काट्ने पैदल यात्रीले २० मिनेट सचेतना कक्षा लिनुपर्ने « Khabarhub

जथाभावी बाटो काट्ने पैदल यात्रीले २० मिनेट सचेतना कक्षा लिनुपर्ने


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी रुपमा बाटो काट्ने पैदल यात्रीलाई कारवाहीस्वरुप सचेतना कक्षा दिने भएको छ ।

अब पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले जस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्ने भएको हो ।

महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा या बाटो काट्दा ट्राफिक नियम पालना नगरी उल्लङ्घन गरे पैदलयात्रीले २० मिनेटको सचेतना कक्षा लिनुपर्ने  छ । यो व्यवस्था आज (सोमबार) बाट शुरु भएको हो ।

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ र साथै उनीहरुकै माध्यमबाट घर–घरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिने जनाइएको छ ।

हाललाई यो नियम भोटाहिटी र वीर अस्पताल अगाडि सञ्चालन गरिएको महाशखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जनाए ।

कार्यक्रम सञ्चालन भएकै दिन अर्थात् सोमवार मात्र करिब १ हजार पैदलयात्रीलाई सचेतना कक्षा दिइएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउनका लागि यो अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

यसअघि प्रहरीले जथाभावी बाटो काट्ने र आकाशे पुलको प्रयोग नगरी बाटो काट्नेलाई जरिवाना तिराउने नियम ल्याएको थियो । तर, विवाद भएपछि जरिवाना हटाइएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ५ : २२ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास