सवै क्षेत्रमा वैदेशिक लगानीले फाइदा पुग्दैनः चेम्बर « Khabarhub

सवै क्षेत्रमा वैदेशिक लगानीले फाइदा पुग्दैनः चेम्बर


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले राष्ट्रको समग्र विकासको लागि वैदेशिक लगानी अपरिहार्य भएता पनि सवै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न नहुने जनाएको छ ।

संसदमा पेश गरिएको र विचाराधीन रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०७५ मा व्यवस्था गरिएको प्रावधानहरुबारे ध्यानाकर्षण जनाउँदै चेम्बरले सवै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न उपयुक्त नहुने तर्क गरेको हो ।

वैदेशिक लगानी प्रविधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुने भएपनि आन्तरिक पुँजी परिचालन गरी स्वदेसी सीपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेको जनाएको छ ।

चेम्बले सवै क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदै स्वदेशी ज्ञान, सिप र प्रविधिको परिचालन गर्न सकिने क्षेत्रहरुमा फाइदा नपुग्ने तर्क गरेको छ ।

सवै क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा जनशक्तिमा निराशा पैदा हुंने, पुँजी निस्क्रिय हुने सम्भावना बढ्नुका साथै स्वदेशी उद्यमशीलतामा समेत ह्रास आउने अवस्था सिर्जना हुने भन्दै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ८ : २४ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका