समुन्द्रमा माछा मार्न गएका २ नेपालीको मृत्यु « Khabarhub

समुन्द्रमा माछा मार्न गएका २ नेपालीको मृत्यु


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माछा मार्न समुन्द्रमा गएका २ नेपालीको छालले बगाएर मृत्यु भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका उनीहरुको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा धादिङ थानेबास गाउँपालिका घर भइ हाल बाराको सिमरामा बसोबास गर्दै आएका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइवा छन् ।

उनीहरु समुद्रको छाल हेर्न पर्यटकको भीड लाग्ने कास्काइसको ‘बोका दि इन्फेर्नो’मा माछा मार्नेक्रममा समुन्द्रको छालमा परेका थिए ।

कमलका चार तथा सुरजका तीन छोराछोरी छन्। डेनमार्कमा केही समय बसेर उनीहरु ९ महिनाअघि पोर्चुगलमा रहेको एभरेष्ट रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।

घटनास्थल पुगेका अवैतनिक महावाणिज्यदूत मकर हमालले दुबैले निषेधित क्षेत्रमा गएर माछा मारेको र दाजुलाई पहिला बगाउँदा भाइले बचाउन खोजेको र दुवैको ज्यान गएको बताएका छन् ।

दाजुको निधारमा चोट लागेको पाइएको छ। छाल हेरिरहेकामध्ये कसैले पुलिसलाई खबर गरेपछि पोर्चुगलको सामुद्रिक पुलिसले उनीहरुको खोजी गरेको थियो।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : २७ बजे

संघीयताको चमत्कार हेर्न नुवाकोटको किस्पाङ जानू !

किस्पाङ, नुवाकोट– दृश्य-एक बिहीबार सबेरै बिहान उठेर चिहाउँदा तीन हजार

पशुपतिनाथको दर्शनमा पुगे राष्ट्रपति, प्रधानमन्त्रीसँगै अन्य मन्त्री

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजा

पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’

काठमाडौं – नायक पल शाहको करिअरकै सबैभन्दा हिट फिल्म ‘आबाट

दल वा निर्वाचन प्रतिनिधिले गाडी प्रयोग गर्न अनुमति लिनुपर्ने

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन