ए डिभिजन लिग फुटबलः शीर्ष स्थानमा उक्लिने दाउँमा आर्मी « Khabarhub

ए डिभिजन लिग फुटबलः शीर्ष स्थानमा उक्लिने दाउँमा आर्मी


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज संकटा क्लब र विभागीय टोली आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा जित निकाल्दै आर्मी शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । आर्मी १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

गत वर्षको उपविजेता संकटा पनि आर्मीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्न चाहन्छ । पाचौं स्थानमा उक्लिने दाउमा संकटा रहेको छ । संकटा ७ अंक सहित आठौं स्थानमा छ ।

संकटाविरुद्ध आर्मी पाचौं खेल जित्ने लक्ष्यमा छ । आर्मी लगातार चौथो जित निकाल्न चाहन्छ ।

संकटाविरुद्ध आर्मीले कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विकेश कुथु, विकाश खवास, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन अर्याल जस्ता स्टार खेलाडीलाई मैदान उतार्ने छ । संकटा पनि आफ्ना खेलाडीले विस्तारै लय समात्दै गएकाले आर्मीविरुद्ध जित निकाल्ने दाउमा छ ।

राष्ट्रिय टिमका दुई खेलाडी सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ पाएको संकटा आर्मीविरुद्ध गतसिजन ब्यहोरेको हारको बदला लिन चाहन्छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ७ : १४ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर